मिटर व्याजसम्बन्धी कार्यदल गठन

Read Time = 2 mins

काठमाडौं । सरकारले मिटर व्याज समस्या नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव डा. भीष्म भुसालको संयोजकत्वमा छसदस्यीय कार्यदल गठन गर्नुभएको हो ।

कार्यदलको सदस्यमा प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहनुभएको छ । सदस्य-सचिवमा ब्युरोका प्रहरी नायब उपरीक्षक रोशन खड्का रहनुभएको छ ।

एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश रहेको कार्यदललाई मिटर व्याजसम्बन्धी समस्या बढी भएका जिल्लामा स्थलगत भ्रमण गरी समस्याका कारण तथा समाधानका उपाय पहिचान गर्ने, मिटर व्याजमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तर-निकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?