सिटिजन्स र कर्णाली र्‍याफ्टिङबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टिकापुरस्थित कर्णाली र्‍याफ्टिङ एन्ड एडभेन्चर प्रालिबीच छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकले कर्णाली र्‍याफ्टिङका प्याकेजमा १० प्रतिशतसम्म छुट पाउनेछन् । छुट सुविधाबाट स्थानीय सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम् लाभसमेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

ग्राहकलाई छुटका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । ग्राहकको वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायसाथ यसअघि नै बैंकले कियोस्क, इकेवाइसी तथा नागरिक एपमार्फत् अनलाइन खातालगायत सेवा प्रदान गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?