भाटभटेनीलाई माछापुच्छ्रेको क्युआर

Read Time = 1 min

काठमाडौं । माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई नेपाल पे क्युआर कोड हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङलाई क्युआर कोड हस्तान्तरण गर्नुभएको हो ।

नेपाल पेको क्युआर सेवासँगै ग्राहकले आफूले उपभोग गरेको वस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट एम स्मार्टमार्फत् भुक्तानी गर्न सक्नेछन् ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरका साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा एक सय ६३ शाखा र एक सय ५७ शाखारहित बैंकिङ सेवा, छ एक्सटेन्सन काउन्टरसमेत गरी जम्मा तीन सय २६ स्थानबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने देशभर दुई सय एटिएम सञ्चालनमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?