शेर्पा ब्रान्डका स्वदेशी एग्रिकल्चर टायर

Read Time = 3 mins

काठमाडौं । निजी क्षेत्रको लगानीमा स्थापित नेपालकै पहिलो स्वदेशी टायर उद्योग ग्रिन टायर उद्योग प्रालिले ग्राहकको मागलाई ध्यानमा राखी नयाँ उत्पादन शेर्पा ब्रान्डका एग्रिकल्चर टायर ल्याउने भएको छ । एग्रिकल्चर सेग्मेन्टअन्तर्गत ट्याक्टर तथा हाते ट्याक्टरका लागि शेर्पा ब्रान्डका भूमि, सारथी मोडलका ठूला र साना टायर उत्पादन सुरु गरेको हो । कम्पनीले १६.९.२८, १४.९.२८, १३.६.२८, ७५०.१६, ६००.१६, ६००.१२ साइजका टायर बजारमा ल्याउने भएको छ । उत्पादित टायरमा बढी ट्रेक्सन र ग्रिप रहेको छ भने बढी एनएसडी पनि रहेको छ ।

उत्पादनहरूमा पम्चर रेसिस्टेन्ट प्याचसमेत रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपाली कृषिलाई सुहाउँदो टायर तथा विदेशी टायरसँग प्रतिस्पर्धा गर्न सक्षम नेपाली टायर उत्पादन गरिएको जनाएको छ । नेपालमा उत्पादित स्वदेशी रबर पनि प्रयोगमा ल्याएर गुणस्तरलाई ध्यानमा दिँदै र नेपाली किसानलाई पनि बेला-बेलामा स्वदेशमा गुणस्तरीय रबर उत्पादन गर्न कम्पनीले तालिम पनि दिँदै आएको छ ।

स्वदेशी टायरका मोडल विदेशी टायरका तुलनामा आकर्षक, गुणस्तरीय, सस्तो र भरपर्दो रहेको कम्पनीको दाबी छ । दक्ष जनशक्ति, नवीनतम् प्रविधि तथा उपकरण प्रयोग गरी अघि बढेको कम्पनीले आफ्ना उत्पादनको तौल, माइलेज, क्वालिटी, फिनिसिङलगायत सबै कुरामा विशेष ध्यान दिएकोे र सबै टायरमा म्यानुफ्याक्चरिङ वारेन्टीका साथै आइएसओ मापदण्डअनुसार उत्पादन गरिएको जनाएको छ ।

ट्याक्टरमा लाग्ने सम्पूर्ण साइजका टायर उत्पादन सुरु गरेको कम्पनीले आगामी तीन महिनामा ट्रलीमा लाग्ने टायर पनि बजारमा ल्याउने र क्रमिकरूपमा कमर्सियल हेभी इक्युपमेन्ट, ट्रक टायर पनि उत्पादन गर्दै जाने जनाएको छ । नेपालकै पहिलो स्वदेशी टायर उद्योग ग्रिन टायर उद्योग प्रालिको वार्षिक तीन लाख टायर उत्पादन क्षमता रहेको छ ।

२०७३ सालमा स्थापित कम्पनीले विगत छ वर्षदेखि नेपालमा टायर उत्पादन गरी मुलुकको स्वदेशी आत्मनिर्भरमा योगदान पु¥याउँदै आएको छ । उद्योगले सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । ‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई उद्योगले पूर्णरूपले आत्मसात गर्दै आएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?