मन्त्रीको निर्देशनमा म्यानपावर कम्पनीमा छापा

Read Time = 2 mins

काठमाडौं । वैदेशिक रोजगार विभागले काठमाडौंको सिनामंगलस्थित हृवाइट हर्स रिक्रुटमेन्ट नामक म्यानपावर कम्पनीमा छापा मारेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा विभागले बिहीबार छापा मारेको हो । सो क्रममा विभागले ८७ थान पासपोर्ट जफत गरेको छ । एउटा म्यानपावरको कार्यालयभित्र अर्कै म्यानपावरमार्फत् वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाइएका पासपोर्ट भेटिएपछि विभागको टोलीले पासपोर्ट र केही कागजात जफत गरेको बताइएको छ ।

उक्त म्यानपावरमा किङ फिस नामक म्यानपावरमार्फत् मलेसिया रोजगारी प्रक्रिया अघि बढाइएका पासपोर्ट भेटिएको विभागले जनाएको छ । हृवाइट हर्स म्यानपावरले विज्ञापन प्रकाशनबिना नै मलेसिया रोजगारीमा जाने युवाको अन्तर्वार्ता लिइरहेको सूचनाका आधारमा विभागको टोली पुगेको थियो ।

विभागको टोली पुग्दा नौजनाभन्दा बढी युवाहरू भेटिएका थिए । उनीहरू भोलिको उडानमा मलेसिया जाने म्यानपावरका कर्मचारीहरूले बताए । उक्त म्यानपावर कम्पनीले बढी शुल्क लिएर कामदार मलेसिया पठाउने गरेको विभागले आशंका गरेको भए पनि म्यानपावरका कर्मचारीले भने फ्रि भिसा फ्रि टिकटमै मलेसिया पठाइरहेको दाबी गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?