कविता : के हो धर्म ?

बद्रीप्रसाद दाहाल
Read Time = 1 min

द्वन्द्व होइन है धर्म, यो समाधान-सार हो ।
तिरस्कार नभै धर्म, प्रेमको उपहार हो ।।
मनोरथ हुँदैहैन कर्म कर्तव्य सूूत्र यो ।
स्वार्थको बिम्ब नै हैन, परोपकार पुत्र हो ।।

नाफा व्यापार यो हैन, अनन्त र अपार हो ।
रुढी विकृति मान्दैन, धर्म विज्ञानसार हो ।।
विज्ञापन हुँदैहैन, सत्यापन सुमान हो ।
धर्म खिलाप गर्दैन, चोखो मेलमिलाप हो ।।

दुुर्गन्ध-वायुु, यो हैन अभिन्न प्राणवायुु यो ।
फुट्नेटुट्ने कबै हुन्न, आयुको पूूर्ण आयु हो ।।
मिथ्या अध्यास क्यै हैन, धर्म सत्य सुतथ्य हो ।
चर्को शोषण यो हैन, उच्च पोषण पथ्य हो ।।

प्राणी मारण मान्दैन, प्रेम धारण धर्म हो ।
बम बाँण कुनै हैन, महानिर्वाण-मर्म हो ।।

समाप्तम् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?