उम्मेदवारी मनोनयन पत्र प्रदान गर्ने जिम्मेवारी पार्टी सभापति देउवालाई

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनमा पार्टीकातर्फबाट खडा गरिने उम्मेदवारलाई मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई प्रदान गरेको छ । कांग्रेसको आज बसेको कार्यसम्पादन बैठकले सभापति देउवालाई यस्तो जिम्मेवारी दिएको हो ।

यस्तै, निर्वाचनका लागि निर्वाचन अयोगमा पार्टी दर्ता गर्ने, निर्वाचन लक्षित अभियान सञ्चालन गर्ने लगायत निर्णय पनि बैठकले गरेको छ ।

यि हुन् बैठकका निर्णयहरू
१. २०७९ साल मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरिन्छ ।

२. २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने ।

३. २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने ।

४. २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ ९८० (क) (ख) र (ग) बमोजिम तथा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ ९७० (क) (ख) (ग) र (घ) बमोजिमको प्रक्रिया पुर्‍याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत् निर्देशन गर्ने ।

५‍. आगामी प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान २०७९ भदौ २ गतेदेखि गर्ने निर्णय गरिएकोमा उक्त अभियान भाद्र १० गतेदेखि २४ भदौसम्म सञ्चालन गर्ने ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?