अरिंगालको टोकाइबाट तनहुँमा एक जनाको मृत्यु

Read Time = 1 min

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका-५ छाङपाटनमा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् ।

बिहीबार राति ८ बजेतिर सेती नदी किनारको सिसौको रुखमा रहेको अरिंगालको गोला पोल्ने क्रममा कुमाल घाइते भएका थिए । उनलाई भिमादको शुभलक्ष्मी पोलिक्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो ।

कुमालको उपचारकै क्रममा शनिबार बिहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?