खुला पुरुष तथा महिला बास्केट बल आइतबारबाट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नखिपोट युथ क्लबले साउन २९ गतेबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ कप बास्केट बल प्रतियोगिता गर्ने भएको छ । ललितपुरको नखिपोटमा क्लबले साउन २९ गतेबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ कप बास्केट बल प्रतियोगिता गर्ने जानकारी दिएको हो ।

क्लबले लिग कम नकआउट फम्र्याटमा हुने प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ आठवटा टोलीको सहभागिता रहने जनाएको छ । प्रतियोगिताअन्तर्गत पुरुष र महिला दुवै विधाको विजेताले नगद ५० हजार पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार र तेस्रो हुनेले १५ हजार पुरस्कार हात पार्नेछ । प्रतियोगिताको फाइनल खेल भदौ ४ गते हुनेछ । प्रतियोगिताका सबै खेल नखिपोट युवा क्लबको कभर्डहलमा खेलाइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?