काठमाडौं । नव गायक करण राईको पहिलो गीति एल्बम ‘द काइट्स’को विमोचन गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि वरिष्ठ गायक गणेश रसिक, विशेष अतिथिहरू लोकप्रिय गायक राजेश पायल राई, लोकप्रिय अभिनेता दयाहाङ राई, रैथाने संगीतज्ञ झुमा लिम्बू र कवि, गीतकार, निर्देशक तथा कार्यक्रमका सभापति प्रकाश आङ्देम्बेले गायक करणको एल्बम ‘द काइट्स’ एकसाथ विमोचन गर्नुभएको हो ।
एल्बम विमोचनपछि करणले दुई गीतहरू ‘रानी हो’ र ‘चंगा’ लाइभ ब्याण्डसहित गाउनुभएको थियो । आफ्नो पहिलो एल्बमको बारेमा बोल्दै करणले भन्नुभयो, ‘सानै उमेरदेखि गाउथे, आज आएर पहिलो एल्बम उहाँहरू (गणेश रसिक, राजेश पायल राई, दयाहाङ राई, झुमा लिम्बू)को हातबाट विमोचन गर्न पाउदा चंगा जस्तै आकाशमा उडिरहेको महसुस गरिरहेको छु ।’ बाल्यकालदेखि नै गीतसंगीतमा चासो राख्ने करण अमेरिकाबाट नेपाल फर्किएर यो एल्बम बजारमा ल्याउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गणेश रसिकले गायक करणलाई शुभकामना दिँदै अहिले र पहिलेका गीतसंगीतको अन्तर र सहजताको बारेमा प्रष्ट्याउनु भएको थियो । रसिकले भन्नुभयो, ‘हामिले जानेर नजानेर हिँडेको बाटोमा, हामी गोरेटोमा हिँड्यौ । भञ्ज्याङ हिँड्यौ अहिले नयाँ पुस्ताले त्यो संगीतको बाटो पिच बनाउनु भएको छ । त्यही बाटोको क्रममा करण राई पनि आउनुभएको छ ।’
त्यस्तै विशेष अतिथि राजेश पायल राईले करणलाई संगीतको श्रद्धा गर्ने व्याक्तिको रूपमा चिनेको बताउनुभयो । राजेशपायलले भन्नुभयो, ‘चंगा जसरी उड्यो भने त्यो सम्पूर्ण दुःख, पीडा, रिस, राग, झिजोहरू उडिरहेको छ, हामीहरू संसारमा प्रफुल्ल मनले पनि उड्न सक्छौ भन्ने पनि अर्थ लाग्छ । त्यही कारण उनको मन, उनको संगीत, चंगा जसरी चैट नभइकन संसारभरलाई उडाएर, नेपाली माटोको संगीत र नेपाली मौलिक स्वर नै गुञ्जाउनेछ सायारेम शुभकामना ।’ भुटनिज शरणर्थी क्याम्पमा जन्मिनु भएका करणको बाल्यकाल सम्झिँदै राजेशपायलले अघि भन्नुभयो, ‘जन्म कहाँ छ फरक पार्छ जस्तो लाग्दैन, जन्मिसकेपछि उसको कर्मले र उसको क्षमता प्रदर्शनले ठूलो महत्व राख्छ ।’
करणलाई बधाई दिँदै कार्यक्रमका विशेष अतिथि दयाहाङ राईले पनि ‘द काइट्स’को प्रशंसा गर्नुभयो । दयाहाङले भन्नुभयो, ‘चंगासँग साच्चिकै हाम्रो मन साटिन्छ, त्यो सँग रमाइन्छ, अनि करण भाइले गाउनुभएछ, प्रकाश जीले लेख्नु भएछ, गज्जब छ यो गीत ।’ त्यस्तै विशेष अतिथि झुमा लिम्बूले पनि करणलाई शुभकामना दिनुभयो । कार्यक्रमका सभापति तथा कवि, गीतकार प्रकाश आङ्देम्बेले पनि ‘द काइट्स’ एल्बमका लागि शुभकामना दिँदै करणलाई नजिकबाट चिनानुभयो ।
सार्वजनिक भएको ‘द काइट्स’ एल्बममा नौ गीत समावेश छन् । सबै गीतमा करणको स्वर छ भने ‘फूलै राम्रो’ डोएट गीतमा गीतमा भने करणलाई गायिका मेलिना राईले साथ दिनुभएको छ । एल्बमका गीतहरूमा क्रमशः प्रकाश आङ्देम्बे, डम्बर नेपाली, धरारानी, थुक्तेन डुक्पा र सपना भुजेलको शब्द छ भने डम्बर क्रमशः देवेश राई, डम्बर नेपाली र महेन्द्र राईको संगीत रहेको छ । सबै गीतहरूको एरेञ्ज गायक तथा संगीतकार देवेशले नै गर्नुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका