आइडिया ग्रुपको लगानीमा अत्तरियामा पाँचतारे होटल

Read Time = 2 mins

काठमाडौं । गैरआवासीय नेपालीहरूको आइडिया ग्रुपको लगानीमा कैलालीको अत्तरियामा निर्माण हुन लागेको पाँचतारे होटल शिलान्यास गरिएको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले होटलको शिलान्यास गर्नुभएको हो । शनिबार कैलालीको गोदावरी नगरपालिका–७ मा पर्ने हरैयामा आइडिया ग्रुपले निर्माण गर्न लागेको आइडिया होटल एन्ड क्यासिनोको उहाँले शिलान्यास गर्नुभयो ।

आइडियाले दुई बिगाहमा होटल निर्माण गरिने र होटल नेपालकै ठूलो हुने दाबी गरेको छ । होटलमा एक सय ५० कोठा रहने र दुई अर्बभन्दा बढी लगानी लाग्ने कम्पनीले जनाएको छ । गैरआवासीय नेपालीको मुख्य लगानी र पोखराको सौभाग्य रियल स्टेट एन्ड कम्पनीको समेत लगानी रहेको छ । आइडिया ग्रुपको मुख्य कार्यालय हङकङमा छ ।

ग्रुपमा एनआरएनएबाहेक चिनियाँहरू पनि रहेको बताइएको छ । ग्रुपको अध्यक्षमा गोकर्ण श्रेष्ठ र इन्टरनेसनल डाइरेक्टरमा छिङ छिङ त्से रहनुभएको छ । कम्पनीले विश्वका चार सयभन्दा बढी परियोजनामा लगानी गरेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?