ग्यापुको अफर

Read Time = 2 mins

काठमाडौं । अनलाइन मार्केट प्लेस ग्यापुले प्रयोगकर्ताहरूका लागि बिनाझन्झट घरमै बसेर पैसा कमाउने अवसर ल्याएको छ । ग्यापुको अफिलिएट प्रोग्रामअन्तर्गत ‘रिफर एन्ड अर्न’, ‘सेयर एन्ड अर्न’ र ‘अर्न पर क्लिक’ ल्याएको हो । रिफर एन्ड अर्नका लागि प्रयोगकर्ताले सर्वप्रथम ग्यापुको एप डाउनलोड गरी लगइन गर्नुपर्ने हुन्छ ।

ग्यापुमा रहेको आफ्नो प्रोफाइल लिंक साथीहरूसँग सेयर गरेर प्रयोगकर्ताले १० जि-क्यास अर्थात् १० रुपैयाँ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथीले सो लिंकमार्फत् इमेल वा फोन नम्बरसहित दर्ता गरेको खण्डमा लिंक पाउनेले १० जि-क्यास र पठाउनेले पुनः १० जि-क्यास गरी कुल २० जि-क्यास पाउने ग्यापुका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र खड्काले बताउनुभयो ।

त्यस्तै सेयर एन्ड अर्नबाट पैसा कमाउन प्रयोगकर्ताले ग्यापुमा रहेको कुनै पनि सामानलाई सेलेक्ट गरेर सामाजिक सञ्जालमा सेयर गर्नुपर्ने हुन्छ । सोही लिंकमा क्लिक गरी सामान खरिद गर्दा लिंक सेयर गर्नेले १० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म कमाउन सक्नेछन् । अर्न पर क्लिकका लागि भने प्रयोगकर्ताले ग्यापुको कुनै पनि सामानको लिंक सेयर गर्दा उक्त लिंकको हरेक क्लिकमा (लिंक खोल्दा) सेयर गर्नेले ०.१० रुपैयाँ प्राप्त गर्नेछ । प्रतिदिन सयपटकसम्म लिंक क्लिक गर्न पाइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?