टानमा चुनावी सरगर्मी

Read Time = 3 mins

काठमाडौं । ट्रेकिङ व्यवसायीमा चुनावी सरमर्गी सुरु भएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासीले प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्ष पदमा हालसम्म तीन प्रत्यासीले उम्मेद्वारी घोषणा गरेका छन् । वरिष्ठ पर्यटन व्यवसायी निलहरि बास्तोलाको नेतृत्वमा नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) समर्थित पर्यटन व्यवसायीको प्यानल बनेको छ भने कांग्रेस निकट व्यवसायीको संगठन नेपाल पर्यटन व्यवसायी संघ (निट), एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन र एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी संगठनबीच सहकार्य गरेर निर्वाचनमा जाने सहमति भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट व्यवसायीतर्फबाट कमल सापकोटा र स्वतन्त्रबाट बोधराज भण्डारीको पनि दाबी रहेको छ । पर्यटन व्यवसायीहरू कोरोनाले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान र व्यवसायमा उत्साह भर्न सक्ने नेतृत्वको खोजीमा रहेका छन् ।

अध्यक्षका प्रत्यासी बास्तोलाले टानलाई डिजिटलाइज गर्दै पूर्ण व्यवसायीमैत्री संस्थाका रूपमा विकास गर्ने, पर्यटन क्षेत्रलाई गुणस्तरीय र दक्ष मानवस्रोत साधनयुक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ । त्यस्तै व्यवसायीको सहजीकरणका लागि हेल्प डेस्क राख्ने, सातवटै प्रदेशमा ट्रेकिङ ट्रेलको विकास गर्ने, पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई प्रभावकारी बनाएर व्यवसायी र मजदुरबीचको भावनात्मक एकता अभिवृद्धि गर्ने पनि बास्तोलाका चुनावी एजेन्डा रहेका छन् । यही साउन ३० गते हुने टानको ४४औँ साधारणसभा एवं निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुनेछ । टानमा करिब एक हजार सय सदस्य रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?