निर्जीवन बिमा कम्पनीद्वारा ३९ अर्ब बिमा शुल्क संकलन

Read Time = 5 mins

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका निर्जीवन बिमा कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा ३९ अर्ब रुपैयाँ बराबरको बिमा व्यवसाय गरेका छन् । बिमा समितिको तथ्यांकअनुसार सञ्चालनमा रहेका २० निर्जीवन कम्पनीले गत आवमा ३९ अर्ब १६ करोड ८९ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेका हुन् । अघिल्लो आवको सोही अवधिमा बिमा कम्पनीले ३१ अर्ब ७० करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका थिए । समीक्षा अवधिमा निर्जीवन बिमा व्यवसाय २४.६८ प्रतिशतले बढेको छ । निर्जीवन बिमा कम्पनीमध्ये शिखर इन्स्योरेन्सले सर्वाधिक पाँच अर्ब ९२ लाख २२ हजार, दोस्रोमा सगरमाथा इन्स्योरेन्सले तीन अर्ब १० करोड ६३ लाख ४३ हजार रुपैयाँ संकलन गरेको छ ।

त्यस्तै नेको इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स गरी छवटा कम्पनीले दुई अर्बभन्दा बढी बिमाशुल्क संकलन गरेका छन् । अन्य थप १० कम्पनीले एक अर्बभन्दा बढी बिमाशुल्क संकलन गरेका छन् । आइएमई जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, दि ओरियन्टल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एभरेस्ट इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सले दुई अर्बभन्दा कम र नेसनल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले एक अर्बभन्दा कम बिमाशुल्क संकलन गरेका छन् ।

सञ्चालनमा रहेका २० निर्जीवन कम्पनीले गत आवमा ३९ अर्ब १६ करोड ८९ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेका हुन् । अघिल्लो आवको सोही अवधिमा ३१ अर्ब ७० करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका थिए ।

नेको इन्स्योरेन्सले दुई अर्ब ८५ करोड ३८ लाख २५ हजार, राष्ट्रिय बिमा कम्पनीले दुई अर्ब ६४ करोड ७१ लाख ८७ हजार रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले दुई अर्ब ६१ करोड ५२ लाख ८४ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले दुई अर्ब ३७ करोड १० लाख ७२ हजार रुपैयाँ, प्रिमियम इन्स्योरेन्सले दुई अर्ब १४ करोड ३१ लाख ५८ हजार रुपैयाँ र हिमालयन जनरल इन्स्योरेन्सले दुई अर्ब छ करोड १५ लाख ३२ हजार रुपैयाँ बिमाशुल्क संकलन गरेका हुन् । एक अर्बभन्दा बढी र दुई अर्बभन्दा कम हुने १० बिमा कम्पनीमध्ये आइएमई जनरल इन्स्योरेन्सले एक अर्ब ७७ करोड आठ लाख ७६ हजार, अजोड इन्स्योरेन्सले एक अर्ब ६६ करोड ८३ लाख ८७ हजार, लुम्बिनी जनरलले एक अर्ब ५८ करोड ४३ लाख ३२ हजार, नेपाल इन्स्योरेन्सले एक अर्ब ५८ करोड ५७ हजार र युनाइटेड इन्स्योरेन्सले एक अर्ब ५४ करोड ८८ लाख २० हजार रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका छन् ।

त्यस्तै दि ओरियन्टल इन्स्योरेन्सले एक अर्ब ४४ करोड १८ लाख ९३ हजार, प्रभु इन्स्योरेन्सले एक अर्ब ३५ करोड ७४ लाख ८० हजार, प्रुडेन्सियल इन्स्योरेन्सले एक अर्ब ३३ करोड ५३ लाख ११ हजार, एभरेस्ट इन्स्योरेन्सले एक अर्ब २२ करोड ३० लाख ९१ हजार रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले एक अर्ब ४ करोड ४२ लाख ७१ हजार रुपैयाँ संकलन गरेको छ । नेसनल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको कुल बिमाशुल्क ९० करोडमात्रै रहेको छ ।

गत आवमा सबै निर्जीवन बिमा कम्पनीले बिमाशुल्क संकलन रकम बढाएका छन् । सर्वाधिक बिमा शुल्क भने राष्ट्रिय बिमा कम्पनीले ६२ प्रतिशतले बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
बजेटमाथि विपक्षी : ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ चिनियाँ कम्पनीमाथि प्रतिबन्धको तयारीबारे इयुलाई बेइजिङको चेतावनी पाल्पाका एक वडाध्यक्षको पद गुम्यो रानीशैना गोठ आगलागी र लुटपाटको हल्ला निराधार, प्रहरीले भन्यो– घटना पुष्टि भएन प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई बुटवलका सुनचाँदी पसलमा चोरी : चोरी प्रयासमा संलग्न आठ जना पक्राउ आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रतिनिधिसभामा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण चित्तबुझ्दो नभएको काँग्रेसको निष्कर्ष, तर बजेट छलफलमा सहभागी हुने ट्रेड युनियन खारेजविरुद्धको रिटमाथि जेठ २९ मा सुनुवाइ