किभ । युक्रेन र मस्कोले शनिबार एकअर्कालाई दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया आणविक प्लान्टमा आक्रमण गरेको आरोप लगाएका छन् । उक्त आणविक प्लान्टमा गत साता बारम्बार गोलाबारी गरिएको थियो । जापोरिज्जिया युरोपकै सबैभन्दा ठूलो आणविक प्लान्ट हो ।
प्लान्टलाई मार्चदेखि रुसले नियन्त्रणमा लिएको छ । उक्त प्लान्टमा सयौ सेना तैनाथ गरेको र हतियार भन्डाण गरेको युक्रेनले रुसमाथि आरोप लगाएको छ ।
‘इनरगोदारको सडकमा आफ्नो उपस्थिति सीमित गर्नुहोस । रुसी अतिक्रमणकारीको नयाँ उत्तेजनाबारेमा जानकारी प्राप्त गरेका छौं’, युक्रेनको आणविक एजेन्सी एनरगोआटमले भनेको छ ।
आफूमाथि लाग्दै आएको आरोप रुसले अस्वीकार गरेको छ । युक्रेनी सेनाले प्लान्टमा हमला गरेको रुसी सेनाको दाबी छ । एजेन्सी
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका