विमलेन्द्र निधिमाथि षड्यन्त्र

Read Time = 14 mins

✍️ मनोजकुमार कर्ण

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि अहिले आफैँ एउटा ‘सबाल्टर्न’ को रूपमा एकभन्दा बढी विभेदको राजनीतिक शिकार भएका छन्, जसको झझल्को शायद उनको लामो भारत भ्रमणले दिन्छ । हुन त हालैमात्र माओवादी सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा त्यसअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी डा.आरजु देउवाको पटक-पटकको भारत भ्रमणले अरूहरूको पनि ‘समस्या’ दर्शाउँछन् । नेपालका नेताहरूको सत्ता र नेतृत्वमा अलिकति पनि समस्या भयो भने चीन, बैंकक, भारत वा अमेरिका आदि देशको भ्रमण गर्ने एउटा नियति भइसकेको छ ।

निधिको वर्तमान भारत भ्रमणलाई नितान्त निजी, धार्मिक तथा सांस्कृतिक भ्रमण भनिएको छ जुन एक हदसम्म देखिन्छ पनि । कारण के छ भन्दा जनकपुर जानकी मन्दिरका महन्थ रामतपेश्वर दासको व्यवस्थापन र सहयोगमा निधिबाट भारत अयोध्यास्थित निर्माणाधीन श्रीराम परिसरमा जानकीको माइती पक्षबाट अर्थात् सम्धियानाको तर्फबाट नेपालमा निर्मित ५० केजीको चाँदीको धनुष-वाँण राखिने प्रयास हुँदैछ । यसले दुई देशीय परापूर्वकालदेखिको धार्मिक एवं सांस्कृतिक सम्बन्धलाई व्यवहारतः नै नवीकरण गर्ने भएको छ अर्थात्, यसलाई निधिको वा कांग्रेस पार्टी तथा सरकारको ‘सांस्कृतिक कूटनीति’ अध्याय हो भन्न सकिन्छ । यसपछि निधिको भारत भ्रमणको राजनीतिक र निजत्व पाटो आउँछ ।

गत स्थानीय निर्वाचन अगावै फागुन महिनातिर यो पंक्तिकारले उहाँलाई निजी कार्यले बानेश्वर निवासमा भेट्दा भारत सरकारको विहार राज्यबाट कर्मचारीको कर्ट्सी फोन आएको थियो जसमा नेता निधिले भारतले निर्माण गर्न लागेको भारतको अयोध्या-नेपालको जनकपुर ‘रामायण सर्किट’ सडकलाई नेपालमा जलेश्वरको भीममोडबाट प्रवेश गर्दा प्रस्तावित प्वाइन्टमा एउटा प्वाइन्ट थपेर जटही-नगराइन हुँदै जनकपुर आउने अर्थात् निधिकै शब्दमा ५-७ वटा गाउँलाई सडकमा जोड्दै थप एउटा सडक बनाइदिनलाई निधिले भारतको केन्द्रीय पार्वहन मन्त्री तथा बिजेपीका पूर्वकेन्द्रीय अध्यक्ष नीतिन गडकरीलाई गरेको आग्रहलाई तत्काल भारतको मन्त्रालयले सहर्ष स्वीकृति दिएर बजेट थप गरी सोहीअनुसार सडकहरू बनाउनलाई विहार राज्य सरकारलाई दिएको निर्देशनसहित कार्यार्थ जानकारी दिन सो फोन गरिएको थियो ।

अन्य नेपाली नेताले झैँ मानवीय स्वभाव अनुसार निधिले पनि व्यक्तिगत भेटघाटमा आफ्नो चिन्ता पार्टी टिकट पाउनेबारे पोखेका हुन सक्छन् जसबारे त्यस्तो सोच्नेहरूका लागि केवल अनुमानको भर छ किनकि यसको ठोस प्रमाण कसैसँग छैन ।

र, हालको निधिको भ्रमणमा यो ‘रामायण सर्किट’ को थप एउटा बाटो तथा कोलकाताबाट नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तर्राष्ट्रिय मार्ग पनि बनाउने बारे विशेष चासो त्यहाँको पारवहन मन्त्री र निधिबीच व्यक्त गरिएको पाइएकाले यो पाटोबाट निधिको भ्रमण राजनीतिक तर अन्य नेपाली नेताको स्वार्थपूर्ण दिल्ली दौडाहाको विपरीतमा पूर्णरूपले बोर्डर क्षेत्रमा रहेका ग्रामीण तथा निमुखा आवाजविहीन भारत-नेपालका बासिन्दाको विकासमा पूर्ण समर्पित छ । यसपछि अवश्य पनि निधिले आफ्ना सुपुत्र डा.अविरल निधिको विवाह गत असार ९ गते मध्यप्रदेश, भारतमा सम्पन्न भएकाले उनी यसै भ्रमणमा सम्धियानाका पनि भ्रमणमा छन् जहाँ उच्चस्तरीय भेटघाट केन्द्रीय मन्त्री गजेन्द्रसिंह शेखावत, मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानलगायत बिजेपीकै विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भएको समाचारहरूमा पढ्न पाइन्छ जुन निधि स्वयं नेपालमा पूर्वगृह तथा उपप्रधानमन्त्री राजनीतिकजीवि रहेकाले स्वाभाविक छ भने कतिपयले निधिको भ्रमणको पूर्वतयारी बारे अनभिज्ञहरूले सतही विश्लेषण गरेर नेपालमा अब हुने मंसिर ४ गतेको प्रादेशिक तथा संसदीय चुनावसग जोडेर हेर्छन् ।

हो, अन्य नेपाली नेताले झैँ मानवीय स्वभाव अनुसार निधिले पनि व्यक्तिगत भेटघाटमा आफ्नो चिन्ता पार्टी टिकट पाउनेबारे पोखेका हुन सक्छन् जसबारे त्यस्तो सोच्नेहरूको लागि केवल अनुमानको भर छ किनकि यसको ठोस प्रमाण कसैसँग छैन । तर, यता कांग्रेस पार्टीभित्र हेर्दा भने माथि उल्लेख गरिए झैँ निधिमाथि घोर राजनीतिक षड्यन्त्र आफ्नै कांग्रेस तथा गठबन्धनको तर्फबाट हुन गइरहेको पूर्ण आभास मिल्छ र यदि यस्तो भयो नेपालमा वर्तमान परिवर्तनकामी संघीय लोकतान्त्रिक गणतन्त्रको एक ठूलो पिल्लरमाथि स्वार्थी, प्रतिगामी तथा अरूको कार्यको क्रेडिट लिन पल्केका जसपावालाको एकसाथ षड्यन्त्र हुने देखिन्छ । पहिलो त कांग्रेसभित्र देउवाले निधि, डा.शशांक वा शेखर कोइरालहरू, प्रकाशमान सिंह, गगन थापाहरूलाई आउँदो निर्वाचनमा टिकट नै गठबन्धनको नाउँमा दिन नपरे वा टिकट लिइदिएको खण्डमा चुनावमा पराजित भइदिन ईश्वरलाई ‘भाकल’ गरेको देखिन्छ किनकि पुनः पार्टीबाट आफू वा पत्नी डा.आरजु देउवाले प्रधानमन्त्री बन्नलाई यी नामहरू तगारा बन्ने देखिन्छ ।

मधेसी नेता निधि जस्ताले कस्तो विभिन्न विभेद एकसाथ झेल्नुपर्छ भने काठमाडौंको खाल्डोमा ‘मधेसी-पहाडी’ विभेद अनि दलगत गुटबन्दी त्यसपछि टिकट पाएदेखि जतिसुकै विकास कार्य स्वच्छ मनले गरेपनि उल्टै एमाले, मधेसवादी कहलिएका दलहरूले ‘दल–दल ब्याकवार्ड–फोर्वार्ड’ मा फसाएर यिनी ‘कायस्थ’ अर्थात्, भारत-नेपालका पुराना कुव्यवस्था अनुसार कथित् उपल्लो जातका भनेर जातीय संकीर्णमा बाँधेर हराउन षड्यन्त्र गरिदिने यही एकभन्दा बढी विभेद एकसाथ निधिमाथि सधैँ त्यो पनि चुनावको बेला मात्र प्रतिस्पर्धी सतहमा ल्याउने गरिन्छ जबकि निधिका निजी सचिवालयमा र मन्त्री हुँदा उनका सहयोगीहरू कायस्थ, साह, पूर्वे, यादव, पहाडी, दलित सबै अर्थात् समानुपातिक समावेशीको पूर्ण अनुपम उदाहरण हुन्छन्, अहिले मन्त्री नहुँदा पनि त्यस्तै छ ।

गत मंसिरमा सम्पन्न कांग्रेसको चौधौं महाधिवेशनका आफ्ना सभापतिका प्रतिस्पर्धी विमलेन्द्र निधिको चुनाव जित्ने आधार नै स्थानीय मतदातालाई जसपाको नाममा ‘नामसारी’ गर्ने गठबन्धनको ‘धर्म निर्वाह’ गरे जसलाई स्थानीय बलियो कांग्रेस जनाधारका नेताहरूले नकारिदिए ।

यसपछि विकासका कार्य मधेसमा बढाउने पर्याय आज विमलेन्द्र निधिलाई लिइन्छ भने अरूले बायोडाटा भर्न र मालपानी कमाउनलाई मन्त्री बन्छन् भन्ने भनाइ जनजिभ्रोमा अड्केको छ । तर पनि गत स्थानीय निकायको निर्वाचनमा जसपाले जनकपुर उपमहानगरपालिकाको मेयरमा भागबण्डाको जसपा टिकटधारी लालकिशोर साहलाई निधिकै सपोर्टमा कांग्रेसका धनुषा नगर सभापति मनोज साहले निधिकै सपोर्टमा स्वतन्त्र उम्मेदवार भई हराइदिएको भ्रम जनतामा फिँजाएका छन् । यथार्थ के हो भने पहिला नै मेयर रहेका लालकिशोर साहले गरेका आर्थिक भ्रष्टाचारबारे उनै मनोज साहहरूले अख्तियारमा उजुरी दिएका रहेछन् अनि ओलीले उत्पन्न गरेका प्रतिगामी संसद विघटनका पुनरावृत घटनाहरू तथा जसपाका महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद डा.सुरेन्द्र यादवको अपहरण एमालेमा पनि केपी ओलीका खास मान्छे महेश बस्नेतको अगुवाइमा घरबाटै केवल सरकार टिकाउनलाई हुँदा बाध्य भएर वर्तमान गठबन्धन हुँन पुग्दा जसपाका उपेन्द्र यादवले मधेसमा ‘ममात्र मधेसी’ भनेर लोसपालगायत कांग्रेसका ‘दिग्गज’ निधिसमेतलाई राजनीतिक बाधा गर्ने हिसाबले एकसाथ विराटनगरको उपमेयर छोराको साथै जनकपुर, वीरगञ्ज सबैका मेयरमा गठबन्धनबाट मेयरको टिकट खोस्न सफल भए ।

यसमा गत मंसिरमा सम्पन्न कांग्रेसको चौधौं महाधिवेशनका आफ्ना सभापतिका प्रतिस्पर्धी विमलेन्द्र निधिको चुनाव जित्ने आधार नै स्थानीय मतदातालाई जसपाको नाममा ‘नामसारी’ गर्ने गठबन्धनको ‘धर्म निर्वाह’ गरे जसलाई स्थानीय बलियो कांग्रेस जनाधारका नेताहरूले नकारिदिए (प्रमाण : जनकपुरमा कांग्रेसबाट स्वतन्त्र बनेका मेयर प्रत्यासी मनोज साहले जितिदिए) भने मनोज साहले मोरल ग्राउण्डमा पनि जसपाका मेयर उम्मेदवार लालकिशोर साहलाई नकार्नुपर्ने भयो किनकि मनोजले लालकिशोरमाथि भ्रष्टाचारको मुद्दा हालेकाले अब उसैलाई भोट कसरी हाल्ने ? हो, यस घट्नालाई सत्यतथ्य देउवा-उपेन्द्रले नबोलीकन उपेन्द्रका दूतहरूले ‘स्थानीय चुनावमा जसपा उम्मेदवारमाथि निधिबाट सहयोग भएन, लालकिशोर हारे तसर्थ अब जसपाले धनुषा-३ बाट टिकट पाउनुपर्छ’ भन्छन् जबकि जसपाको आधार जनकपुरमा छैन भने उपेन्द्र यादब केवल यादवलाई सम्पूर्ण पद बाँड्ने ‘कम्युनल’ फोर्सले पूर्ण गणतान्त्रिक व्यावहारिक चरित्र भएका विमलेन्द्र निधिसँग के समाजमा आँखा पनि मिलाउन सक्नु ?

तर, यिनीहरूको हतियार भने जनतामा सही सूचना नदिएर गुमराहमा पारी कम्युनल बनेर निधि जस्ता गणतन्त्र र परिवर्तन पक्षधर नेतालाई घात गर्दै आफ्नो दुनो सोझ्याउनु हो । अतः जनता तथा आमसञ्चार सबैले व्यक्तिलाई चिनेर सही सूचना सम्प्रेषण गरेनन् भने वर्तमान संविधानलाई ध्वस्त पार्न केवल एमाले, केपी ओलीहरूमात्र नभई वर्तमान सत्ता गठबन्धनभित्रका एक-से-एक स्वार्थी छन् भन्ने बुझ्नुपर्छ । (कर्ण पाटन संयुक्त क्याम्पस, पाटनढोकाका उपप्राध्यापक हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?