विश्व आदिवासी दिवस जापानमा पनि मनाइँदै

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

-पूर्ण चलाउने

टोकियो । २८ औं विश्व आदिवासी दिवस जापानमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

आइतबार टोकियोस्थित शिनओकुबो मुराहलमा नेपाल आदिवासी जनजाति महासंघ जापानले शुभकामना आदान-प्रदान तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी विश्व आदिवासी दिवस मनाउने भएको हो ।

उक्त कार्यक्रम जापान स्थित नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा हुने जानकारी नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजिव राईले जानकारी दिनुभयो ।

कार्यक्रम तमु धी जापान, नेपाल तामाङ समाज, जापान, किराँत याक्थुङ चुम्लुङ जापान, नेपाल मगर संघ, जापान, किराँत राई यायोक्खा, जापान, थकाली सेवा समिति जापान, शेर्पा संघ जापान, नेवाः खल जापान, नेपाल आदिवासी जनजाति महासंघ, चिबा क्षेत्रिय कमिटी, थारू कल्याणकारिणी सभा जापान, नेपाल थामी समाज जापान, नेपाल आदिवासि जनजाति पत्रकार जापानको सहआयोजनमा हुन लागेको हो ।

कार्यक्रममा उपस्थितिको लागि जापानस्थित सम्पूर्ण संघ-संस्था तथा नेपाली समुदायमा आदिवासी जनजाति महासंघ जापानले हार्दिक अनुरोध पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?