कर्णालीका नवनियुक्त उद्योगमन्त्री शाहीको आज सपथ

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । कर्णाली प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले आज (आइतबार) पद तथा गोपनीयताको शपथग्रहण गर्दैहुनुहुन्छ । उहाँ गत बिहीबार मन्त्री बन्नुभएकाे थियाे ।

सपथ आज बिहान ११ बजे हुने छ ।

यसअघि मन्त्री रहनुभएका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा ९९० बमोजिम नियुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको भन्दै शाहीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गर्नुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?