कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीद्वारा सपथ ग्रहण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले पदभार सम्हाल्नुभएको छ ।

आइतबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसँग शाहीले पद तथा गोपनीयताको सपथ लिनुभएको हो । सो अवसरमा मुख्यमन्त्री जीवनबहादुर शाही पनि उपस्थित हुनुहुन्थ्यो ।

माओवादी केन्द्र कर्णाली प्रदेश सभा सदस्य शाहीलाई शुक्रबार मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गर्नुभएकाे थियाे । गैरसंसद कार्चेन लामाको कार्यकाल ६ महिना पूरा भएपछि उद्योग मन्त्रालय खाली थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?