सरकार बिचौलियाहरुबाट कमाउने धन्दामा लागि परेको आरोप

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले सरकार बिचौलियाहरुबाट कमाउने धन्दामा लागि परेको आरोप लगाउनु भएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले नेताहरु चुनावका लागि चन्दा संकलनमा व्यस्त रहेको, कर्मचारीहरु कमिशनमा चलेको, ठेकेदारहरु कामै नगरी कमाउने धन्दामा लागेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

सांसद सुनुवारले ढिलासुस्ती र कमजोर काम गर्ने ठेकेदारहरुलाई कारबाही हुने गरी कानुनी व्यवस्था गर्न तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न पनि सरकारलाई दवाव दिनु भयो । आफूले प्रतिनिधित्व गरेको ओखलढुंगा जिल्लामा समेत विकास, निर्माणका कामहरुमा ढिलाई रहँदा पनि सरकारले कुनै चासो नदिएको उहाँको गुनासो थियो ।

सांसद सुनुवारले भन्नु भयो, ‘सरकार विचौलियाहरुबाट कमाउन व्यस्त छ । नेताहरु चुनावका लागि चन्द संकलनमा मस्त । कर्मचारीहरु कमिशनमा रमाउने, अनि ठेकेदारहरु काम नगरी कमाउने । आजको मुलुकको अवस्था, मुलुकका थिति यहाँ पुगेको छ भन्ने कुरा समाजमा उठन थालेको छ । आज जुन ढंगले हामीले गति दिनुपर्ने थियो, हामीले भनेका थियौ-सार्वजनिक खरिद ऐन यो संसदमा ल्याइयोस् । त्यसमा आमूल परिवर्तनको खाँचो छ । राम्रो काम गर्ने पुरस्कार, ढिलासुस्ती र कमजोर काम गर्नेहरुलाई कारबाही हुनु पर्दछ भनेर हामीले भनेका थियौं । तर त्यसो हुन सकिरहेको छैन । मेरो जिल्ला ओखलढुंगामा समेत थुप्रै सरकारी भवनहरु, सडक कालोपत्रे लगायतका स्तरोन्नति गर्नुपर्ने अनि विद्यालय भवनहरु, सँगसँगै स्वास्थ्यका भवनहरु अनि पुलहरु, सडकहरु निर्माणमा जुन प्रकारले ढिला भईरहेको छ । यसले नागरिकलाई त्यहाँका जनतालाई ठूलो मार परिरहेको कुरा मैले पटकपटक उठाईरहेको छु । ’

सांसद सुनुवारले पुलपुलेसाहरुको आवश्यक व्यवस्था सरकारले मिलाउन नसक्दा जनता मारमा परिरहेको पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विभिन्न जिल्लामा लागूऔषधसहित ३५ जना पक्राउ नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्शकको घुइँचो वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : डा. शशांक कोईराला प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान देउवाको आलोचना होइन, आत्मसमीक्षा गर्न कांग्रेस नेता खड्काको आग्रह ललितपुर महानगरद्वारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन मकवानपुरमा एक वर्षमा ३१ जना एचआईभी संक्रमित थपिए लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित)