पहिरोले एक्स्काभेटर पुर्दा चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-३ मा पर्ने झुम खोलामा पहिराले एक्स्काभेटर पुरेको छ। जिँउ-जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा आइतबार बिहान एक्स्काभेटर पहिराेले पुर्दा चालकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका-१९ राँजा बस्ने ३० वर्षीय सुरज बसाल मगर रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । मृतक मगरको मेसिनमा च्यापिएर रहेको शव निकालेर पोस्टमार्टमका लागि सदरमुकाम दुनै लैजाने तयारी गरिएको प्रहरी नायव निरीक्षक रुद्रबहादुर शाहीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?