ढुङ्गेलको तीज गीत सार्वजनिक

Read Time = 1 min

भक्तपुर । सुवासचन्द्र ढुङ्गेलको तीज गीत सार्वजनिक भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले भक्तपुरमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरेका हुन् । गीतका रचनाकार ढुङ्गेलको यु ट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

बुनु श्रेष्ठ र रितु कणेँलको स्वर रहेको गीतमा विनोदराज ढुङ्गेलको संगीत छ । गम्भीर विष्टको निर्देशन रहेको म्युजिक भिडिओ अन्यभन्दा फरक रहेको कार्यक्रमका वक्ता एवं भक्तपुर सांगीत समाजका अध्यक्ष प्रवीन शाहीले बताए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?