साग पदक विजेता सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । १२औँ र १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा लगातार पदक विजेता उसुका हरिप्रसाद गोले सम्मानित हुनुभएको छ । बुढानीलकण्ठ कुङ्फुले शनिबार विश्व कुङ्फु दिवसका अवसरमा गोलेलाई सम्मान गरेको हो ।

गोलेले भारतमा सम्पन्न १२औँ सागमा रजत र नेपालमै भएको १३औँ सागमा थाउलोतर्फ कास्य पदक जित्नुभएको थियो । बुढानीलकण्ठ नगरपालिकास्थित बुढानीलकण्ठको नारायणथान मन्दिरमा आयोजित एक कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, वडा-१ का अध्यक्ष सुरेन्द्र लामा, वडा-३ का अध्यक्ष आकाश धिताल र वडा-५ का अध्यक्ष कृष्ण शाह ठकुरी पनि सम्मानित हुनुभयो ।

उहाँहरूलाई नेपाल कुङ्फु संघका अध्यक्ष सीताराम हुमागाईं, बालविकास बोर्डिङ हाईस्कुलका प्रिन्सिपल महेशकुमार श्रेष्ठ, बुढानीलकण्ठ कुङ्फुका प्रमुख सुकुमान लामा र नेपाल व्यायाम सेन्टरका विनोद महर्जनले सम्मानपत्र प्रदान गर्नुभयो । बुढानीलकण्ठ कुङ्फुले शनिबार नै विभिन्न कार्यक्रम आयोजना गर्दै विश्व कुङ्फु दिवस पनि मनाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?