विष्णु कान्तलाई संयोजकको जिम्मेवारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल फुटकन्ट्याक्ट महासंघको साधारण एवं विधान संशोधन सभाले महासंघका महासचिव विष्णुकान्त अर्याललाई महासंघको निर्वाचन गर्नका लागि संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

राजधानीमा आयोजना भएको साधारण सभा एवं विधान संशोधन सभाले अर्याललाई एक महिनाभित्र विधान पास गर्दै महासंघबाहिर रहेका अन्य संघहरूलाई समेत समेट्दै महासंघको निर्वाचन गर्दै कार्यसमिति गठन गर्नका लागि जिम्मेवारी प्रदान गरेको हो ।

यस्तै सभाले निवर्तमान महासंघको समितिलाई हाललाई कामचलाउ समितिका रूपमा पनि जिम्मेवारी प्रदान गरेको छ । यसअघि सभाका सभाध्यक्ष एवं महासंघका अध्यक्ष दमन बस्नेतद्वारा महासंघ विगठनको प्रस्तावलाई पनि सभाले अनुमोदन गरेको थियो ।

सभाले महासंघका महासचिवद्वारा प्रस्तुत प्रतिवेदनका साथै नेपालको खेलकुद विकास ऐनले निर्दिष्ट गरेअनुरूपको महासंघलाई चलायमान गराउनका लागि विधानमा गर्नुपर्ने विभिन्न धारा, उपधाराको संशोधन प्रस्तावलाई पनि एकमतका साथ पास गरेको छ । यस्तै कोषाध्यक्ष पदमराज सुवेदीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई समेत सभाले एकमतका साथ अनुमोदन गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?