पोखरामा स्नुकर हुने

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । पोखरामा पहिलो संस्करणको राष्ट्रिय खुला स्नुकर प्रतियोगिता आयोजना हुने भएको छ । पहिलो संस्करणको प्रतियोगिता भदौ १२ देखि १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता डेभिज स्कुनर क्लबमा आयोजना हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

गण्डकी प्रदेशको सर्वाधिक पुरस्कार राशिको यस प्रतियोगिताले पोखराको आन्तरिक तथा बाहृय पर्यटन प्रवद्धर्नमा सहयोग पु¥याउने आयोजकले बताएको छ । यस प्रतियोगिताका विजेताले ट्रफी, सिल्ड र नगद एक लाख ५१ हजार १११ र दोस्रो हुनेले ट्रफी, सिल्ड र नगद ७१ हजार १११ पाउनेछन् ।

सेमिफाइनल पुग्ने दुईजनाले ट्रफी, सिल्ड र नगद १५ हजार १११ रुपैयाँ तथा हाइयस्ट ब्रेकरले ट्रफी, सिल्ड र नगद २१ हजार १११ रुपैयाँ पाउनेछन् । प्रतियोगिताका दौरान कास्की जिल्ला तथा विभिन्न क्षेत्रमा रही स्कुनर खेललाई स्थापित गराउन सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान समेत गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?