पूर्वप्रशिक्षक थापालाई स्वागत

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक श्याम थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित एन्फा मुख्यालयमा स्वागत गरेको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले थापालाई स्वागत गर्नुभएको थियो ।

स्वागतका क्रममा वरिष्ठ उपाध्यक्ष खड्काले नेपाली फुटबलमा थापाको योगदानको चर्चा गर्नुभएको थियो । एन्फा एकेडेमीको प्रशिक्षकका रूपमा नियुक्त हुनुभएका थापाले सन् २०१० को विश्व कप छनोटमा नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण दिनुभएको थियो । थापा भारतीय फुटबल टोलीका पूर्वकप्तानसमेत हुनुहुन्छ ।

ब्वाइज युनियन क्लबको सम्मान ग्रहणका लागि थापा नेपाल आउनुभएको थियो । उहाँको स्वागतका अवसरमा एन्फाका मानार्थ अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष विराटजंग शाही, दावा लामा, दीपक खतिवडा, एन्फा केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको एन्फाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?