पेरिस । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गरेको छ । पिएसजीले मोन्ट पेलिएरमाथि पाँच-दुईको सानदार जित हात पारेको हो । पिएसजीको जितमा नेमारले दुई गोल गर्दा केलियन एमबाप्पे र रेनाटो सान्चेजले समान एक गोल गर्नुभयो । मोन्ट पेलिएरका वावी खाज्री र इन्जो चाटोले गोल फर्काउनुभयो ।
३९औँ मिनेटमा फलाए साकोले आत्मघाती गोल गरेपछि पिएसजीले खेलमा अग्रता लियो । ४३औँ मिनेटमा नेमारले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पार्नुभयो । ५१औँ मिनेटमा नेमारले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्नुभयो ।
५८औँ मिनेटमा वावी खाज्रीले गोल गर्दै खेललाई तीन-एकको स्थितिमा ल्याउनुभयो । ६९औँ मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजी खेलमा चार-एकले अघि बढ्यो । ८८औँ मिनेटमा नुनो मेन्डिसको पासमा रेनाटो सान्चेजले गोल गरेपछि पिएसजी खेलमा पाँच-एकले अघि बढ्यो । त्यसपछि इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा इन्जो चाटोले गोल गर्दै खेललाई पाँच-दुईको स्थितिमा ल्याउनुभयो ।
पिएसजीको यो लगातार दोस्रो जित हो । यसअघि पिएसजीले क्लेरमन्ट फुर्टलाई पाँच-शून्यको भारी अन्तरले हराएको थियो । लगातार दोस्रो जितसँगै पिएसजी छ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो हार बेहोरेको मोन्ट पेलिएर तीन अंक जोडेर आठौँ स्थानमा रहेको छ ।
यता ला लिगामा बार्सिलोनाले रायो भालेकानोसँग गोलरहित बराबरी खेल्दै सिजनको सुरुवात गरेको हो । यो बराबरीसँगै दुवै टोलीले समान एक अंक जोडेका छन् । ला लिगाकै अर्काे खेलमा भिल्लारियललाई रियल भालाडोलिडमाथि तीन-शून्यको सहज जित निकाल्दा सेल्टा डि भिगो र स्पान्योलले दुई-दुई गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रिमियर लिगमा नयाँ सिजनको सुरुवाती दुवै खेलमा हार बेहोरेपछि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको अंक तालिकाको पुछारमा पुगेको छ । शनिबार ब्रेन्टफर्डको मैदानमा चार-शून्यको हार बेहोरेसँगै युनाइटेड आफ्नो प्रिमियर लिग इतिहासकै खराब सुरुवात गर्न पुगेको हो ।
युनाइटेड दुवै खेलमा हार बेहोरेपछि कुनै अंक नजोडी पुछारमा छ । दुई खेलमा छ गोल खाएको युनाइटेडले एक गोलमात्र गरेको छ । यता ब्रेन्टफर्ड भने तीन खेलमा चार अंकसाथ तेस्रो स्थानमा उक्लिएको छ ।
त्यस्तै म्यानचेस्टर सिटीले लिगको दोस्रो खेलमा बर्नमाउथलाई फराकिलो अन्तरले हरायो । सिटीले घरेलु मैदान इतिहाद रंगशालामा चार-शून्यको जित दर्ता गरेको हो । सिटीका लागि इल्काए गुन्डोगन, केभिन डे ब्रुएन र फिल फोडेनले एक-एक गोल गर्नुभयो । एक गोल भने आत्मघाती रहृयो ।
सिटीको यस जितसँगै दुई खेलमा छ अंक भएको छ । यसअघि सिटीले पहिलो खेलमा वेस्ट हृयामलाई दुई-शून्यले पराजित गरेको थियो ।
त्यसअघि दिनको पहिलो खेलमा एस्टन भिल्लाले एभर्टनलाई दुई–एकले पराजित गर्यो । घरेलु टोली भिल्लाले ड्यानी इंग्स र एमिलियानो बुएन्डियाले एक-एक गोल गर्नुभयो । भिल्लाकै लुकास डिग्नले गरेको आत्मघाती गोल एभर्टनका लागि सान्त्वना भयो । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका