अमेरिकामाथि स्कटल्यान्डको जित

Read Time = 3 mins

दुबई । मध्यक्रमका ब्याटर कलुम म्याकलेओडको शतकमा स्कटल्यान्डले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकामाथि पाँच विकेटको सानदार जित हात पार्नुभएको छ । जितका लागि २९६ रनको विशाल विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले ४७.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । स्कटल्यान्डको जितमा कलुम म्याकलेओडले ९१ बलमा नौ चौका र पाँच छक्कासहित सर्वाधिक ११७ रनको शतकीय इनिङ्स खेल्नुभयो ।

ओपनर क्रेग वालिसे र काइल कोट्जरले १३.५ ओभरमा ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिनुभएको थियो । कोट्जर २८ र वालिसे ४५ रनमा आउट हुनुभयो । वालिसेले ४५ बलमा ६ चौका प्रहार गर्नुभयो । माइकल जोन्स १८ र म्याथ्यु क्रस ४० रनमा आउट हुनुभयो । माइकल लिस्क र क्रिस ग्रिभ्स १९-१९ रनमा अविजित रहनुभयो । अमेरिकाका नाशुतोष केन्जिगेले सर्वाधिक दुई विकेट लिनुभयो ।

त्यसअघि मनोफिल्ड पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९५ रन बनायो । अमेरिकाका आरोन जोन्सले ८७ बलमा नौ चौका र ६ छक्कासहित १२३ रनको अविजित इनिङ खेल्दै विशाल योगफल बनाए पनि जितका लागि पर्याप्त रहेन ।

अमेरिकालाई ओपनर स्टिभन टेलर र सुशान्त मोदानीले पहिलो विकेटका लागि १५.५ ओभरमा ८० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाउनुभयो । मोदानी ७१ बलमा सात चौकासहित ५२ रनमा आउट हुनुभयो । टेलर ३७ र कप्तान मोनांक पटेल १९ रनमा आउट हुनुभयो । स्कटल्यान्डका गेभिन मेन र मार्क वाट्ले दुई-दुई विकेट लिनुभयो ।

स्कटल्यान्ड २६ खेलमा १८ मा जितका साथ ३८ अंक जोड्दै दोस्रो स्थानमा छ । ओमान ३६ खेलमा २१ खेलमा जितका साथ ४४ अंकसहित शीर्षस्थानमा छ । अमेरिका २६ खेलमा १२ मा जितका साथ २५ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल २० खेलमा आठ जितका साथ १७ अंक जोड्दै छैटौँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?