भारतीय शेयर बजारका बादशाह मानिने राकेश झुन्झुनवालाको निधन

Read Time = 2 mins

मुम्बई । भारतीय शेयर बजारका बादशाह मानिने राकेश झुन्झुनवालाको आइतबार बिहान निधन भएको छ । दलाल स्ट्रिटमा बिग बुल र स्टक बादशाहका नामले परिचित झुन्झुनवालाको ६२ वर्षको उमेरमा मुम्बईमा निधन भएको हो । आइतबार बिहान स्थानीय समयानुसार पौने ७ बजे मुम्बइको ब्रीच क्याण्डी अस्पताल लगिएकोमा अस्पतालले उहाँलाई मृत घोषणा गरेको थियो ।

लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित रहनुभएका झुन्झुनवाला केही साताअघि उपचार गरी अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । चार्टर्ड अकाउन्टेन्टसमेत रहनुभएका झुन्झुनवालले पाँच हजार रुपैयाँको लगानीबाट शेयर बजारमा प्रवेश गरेर ४० हजार करोड रुपैयाँको पोर्टफोलियो बनाउनुभएको थियो ।

विश्वका ४४०औं स्थानका धनाढ्यमध्ये झुन्झुनवाला भारतीय धनाढ्यहरूको सूचीमा ३६औं नम्बरमा रहनुभएको थियो । हंगामा डिजिटल मिडिया र एप्टेकको अध्यक्ष रहनुभका झुन्झुनवाला भाइसरोय होटल्स, कन्कर्ड बायोटेक, प्रोभोग इण्डिया र जिओजित फाइनान्सियल सर्भिसेसका निर्देशक पनि हुनुहुन्थ्यो ।

पछिल्लो समय उहाँले गत महिना आकाश एअर सुरु गर्नुभएको थियो । उहाँको सम्पतिको नेटवर्थ करिब ६ अर्ब डलर हाराहारी छ । झुुन्झुनवालाको निधनमा शोक व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशले अदम्य साहसिलो उद्यमी गुमाएको बताउनुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?