ग्रेटवालको नयाँ गाडी नेपाली बजारमा

Read Time = 2 mins

काठमाडौं । जिडब्लुएम (ग्रेटवाल मोटर्स) नेपालले पिकअप ट्रक विंगल फाइभ पिकअप नेपाली बजारमा ल्याएको छ । कम्प्याक्ट पिकअप ट्रकलाई चिनियाँ अटोमेकर जिडब्लुएमद्वारा डिसेम्बर २००६ मा निर्माण र बजारीकरण गरिएकोे थियो, जुन विदेशी बजारमा निर्यात र अस्ट्रेलियामा बिक्री हुने पहिलो चिनियाँ पिकअप ट्रक हो । पिकअप लाइनअपमा यो चीनमा बिक्री हुनेमा धेरै वर्ष शीर्षस्थानमा रहेको कम्पनीको दाबी छ ।

पिकअप विंगल फाइभमा नयाँ २.० एल टर्बो-डिजेल इन्जिन रहेको छ भने स्तरीय अलोइ हिृवल, रेडियो, इलेक्ट्रिक विन्डोज, लेदर–ट्रिम गरिएको सिट, रियर डिफरेंसियल लक, टिपिएमएस र अटो-एयर कन्डिसनले सुसज्जित छ । अगाडि भागमा स्टाइलिस ग्रिल डिजाइनयुक्त डिआरएल रहेको छ भने बाहृय साइड मिररमा टर्न इन्डिकेटर जस्ता सुविधा पनि समावेश छन् ।

कार्गो बडीमा स्क्य्राच वा कुनै पनि प्रकारको क्षतिबाट बच्न कम्पनी फिट बेडलाइनर रहेको पनि कम्पनीले जनाएको छ । यो कम्प्याक्ट पिकअप ट्रक विंगल फाइभको मूल्य नेपाली बजारमा ५२ लाख ४९ हजार तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?