मुक्तिनाथका ग्राहकलाई हिमाल डेन्टलमा छुट

Read Time = 1 min

काठमाडौं । मुक्तिनाथ विकास बैंकले हिमाल डेन्टल अस्पताल र काठमाडौंको कमलपोखरीस्थित भिभान्ता डेन्टलसँग सम्झौता गरेको छ । सम्झौतासँगै हिमाल र भिभान्ता डेन्टलसँग बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई सेवामा छुट हुने भएको छ ।

मुुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले काठमाडौंभित्र धुम्बाराही, चाबहिल, लगनखेल, साँखु र काठमाडौंबाहिर चितवन, नेपालगञ्ज, बैतडी, मकवानपुर, कञ्चनपुर, सुनसरी, कैलाली, डडेल्धुरा शाखा रहेको हिमाल डेन्टल अस्पतालमा र काठमाडौंको कमलपोखरीमा रहेको भिभान्ता डेन्टलमा विभिन्न सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?