आजदेखि दराजमल फेस्ट

Read Time = 2 mins

काठमाडौं । अनलाइन बजार दराजले साउन ३० देखि दराजमल फेस्ट अभियान सञ्चालन गर्ने भएको छ । अभियान दराज मलमार्फत् दराजका ग्राहकलाई अद्वितीय र प्रिमियम सपिङ अनुभव प्रदान गर्ने कुरामा केन्द्रित हुने कम्पनीले जनाएको छ । अभियानको मुख्य विशेषतामा एड टु कार्ट एन्ड विनअन्तर्गत सात हजार रुपैयाँसम्मका भाउचर, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, शेक शेक र वाल अफ फेम रहेका छन् ।

दराजमल दराजद्वारा सुरु गरिएको एक अनलाइन सपिङ मल हो, जसमा सोनी, सामसुङ, गोल्डस्टार, रिम्याक्स, वाइल्ड हर्नका साथै पाँच सयभन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्ड रहेको कम्पनीले जनाएको छ । शतप्रतिशत प्रामाणिक उत्पादन र १४ दिन फिर्ता नीतिसँग दराजमलले ग्राहकलाई राम्रो किनमेलको अनुभव सुनिश्चित गर्नेछ । विगत जस्तै ग्राहकले दराजमल फेस्टमा बैंक डेज छुटमार्फत् डेबिट र क्रेडिट कार्डबाट प्रि–पेमेन्ट गर्दा थप १५ प्रतिशतदेखि सात सय ५० रुपैयाँसम्म छुट पाउन सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?