यस्तो छ तपाईंको श्रावण ३० गते सोमबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल श्रावण ३० गते सोमबार, ई.सं.-१५ अगष्ट जुलाई, २०२२ । तिथि- भाद्र कृष्णपक्ष चतुर्थी, नक्षत्र-उत्तरभाद्रपदा, योग- सुकर्मा, करण- वव, चन्द्रराशि- मीन, सूर्योदयः ५ः३५, सूर्यास्तः १८ः४० ।

मेष : योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्‍याउलान् ।

वृष : बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

मिथुन : सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ ।

कर्कट : अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

सिंह : हतारको निर्णयले काम बिग्रनेछ ।

कन्या : मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।

तुला : बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

वृश्चिक : तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला ।

धनु : अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

मकर : ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।

कुम्भ : बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

मीन : सुखद समाचारले उत्साह जगाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?