औपचारिकतामा सीमित विश्व आदिवासी दिवस

Read Time = 10 mins

✍️ निनाम लोवात्ती

हुन त नेपाली आदिवासी जनजातिहरूले राज्यले आफू विरुद्घ गरेको दमन बारे आदिवासी जनजाति मूलका कुनै नेता वा मुखियाले एक्लै वा संगठित रूपले राज्यको त्यस्तो कदमविरुद्घ कुनै विद्रोह गरे, गरेनन् ? गरे भने कहिलेदेखि गरे होलान् ? वा कुन रूपमा गरे होलान् ? कसैले त्यस्तो ऐतिहासिक घटनाबारे लेखेको सग्लो किताब छ, वा छैन ? हालसम्म यो लेखकले थाहा पाएको छ्रैन ।

तर, पनि नेपालको एकीकणपछि लखन गोरखाका थापामगर, लमजुङका सुपति गुरुङ राय, राई वा (राई भन्नाले जात वा जाति जनाउँदैनथ्यो) नुवाकोटका तामाङहरू, माझ किरातका खम्बुहरूले पल्लो किरात (लिम्बुवान) लिम्बुहरूले, काठमाडौंका नेवारहरूले (बौद्घ भिक्षुहरूले धर्म प्रचार गरेको) राज्यले गरेको भाषिक दमन, सांस्कृतिक दमन, भूमि हरण, किपट खोस्ने काम लिपि लेख्न नदिने काम, भाषा प्रचार गर्न नदिने काम आदिका विरुद्घ र राज्यले गरेको अन्य खाले अत्याचार र अन्यायका विरुद्घ धेरै आदिवासी जनजाति मूलका मान्छेहरूले राज्यविरुद्घ विद्रोह गरेका थिए भनी कतैकतै पढ्न पाइन्छ ।

अन्तर्राष्ट्रिय स्तरमा सन् १९२३ देखि मात्रै औपचारिक रूपमा विश्वका विभिन्न देशका आदिवासी मूलका नेताहरू वा राज्यले आफू र आफ्नो समुदायविरुद्घ गरेको विभेदका विरुद्घ आफ्नै देशका शासकहरूले नसुनेपछि संयुक्त राष्ट्र संघमै गएर आफ्नो कुरो राख्ने प्रयास थालेको देखिन्छ ।

जे होस्, अन्तर्राष्ट्रिय स्तरमा भने, सन् १९२३ देखि मात्रै औपचारिक रूपमा विश्वका विभिन्न देशका आदिवासी मूलका नेताहरू वा राज्यले आपूm र आफ्नो समुदायविरूद्घ गरेको अन्याय र अत्याचार अनि शोषण, दमन, विभेद आदिका विरुद्घ आफ्नै देशका शासकहरूले नसुनेपछि संयुक्त राष्ट्र संघमै गएर आफ्नो कुरो राख्ने प्रयास थालेको देखिन्छ । भिक्टोरिया ताउली कपर्नोजलाई उद्धृत गर्दै डा.कृष्ण भट्टचनले लेखेअनुसार सन् १९९३ मा क्यानडाको इरोकी आदिवासीभित्रका कगुवा समुदायका मुखिया देशकाहेले बेलै ६ वटा देशको प्रतिनिधित्व गरेर तत्कलीन लिग अफ नेसन्स् (हालको संयुक्त राष्ट् संघको पूर्वरूप) गएर आफ्नो कुरो राख्न खोजेका थिए ।

लिग अफ नेसन्समा इरोकी आदिवासी र क्यानडा सरकारबीच भएको विवादबारे कुरो उठाउन खोज्दा उनलाई त्यसब बेला बोल्ने अवसर नै दिइएन । यसरी हेर्दा जहाँ सुकैका र जो सुकै भए पनि शासकहरूको चरित्र भनै एकै हुन्छ भन्ने देखिन्छ । जे होस्, सन् १९९३ मा बल्ल विश्व आदिवासी दिवस मनाउने भनी अन्तर्राष्ट्रिय श्रम संगठनले मस्यौदा घोषणापत्र पारित गरेको थियो । त्यसपछि सन् १९९४ देखि विश्व आदिवासी दिवस विश्वभरि नै मनाउन थालियो ।

यसरी नेपालमा पनि हरेक अगष्ट ९ का दिन आदिवासी दिवस मनाउँदै आइएको छ । तर, कस्तो छ भने, राजनीतिक चरित्र र एकआपसमा मेलमिलाप नहुनाको कारणले गर्दा नेपालमा तीन खाले आदिवासीहरू विद्यमान छन् । जस्तै सरकारी अर्थात् सूचीकृत ५९ जाति । त्यहाँभित्र पनि ठूलो र सानो संख्याहरूबीचमै अलगअलग रूपमा दुई समूह छन् । त्यसैले उनीहरू दुई समूहमा विभक्त भएर कार्यक्रम गर्ने गर्छन् । यसरी नेपालका सूचीकृत ५९ आदिवासी जनजातिहरूले अलगअलग कार्यक्रम गर्नु भनेको कथित् ठूलो समूह र सानो समूह अनि राजनीतिक दलबीचको निकटताका कारण आएको फूट नै हो भन्न सकिन्छ ।

यसो हुनुमा हामी नेपाली आदिवासी जनजातिहरूमा स्वविवेकले चल्ने प्रवृत्ति नभएर हो भन्न सकिन्छ । सूचीकृत हुन बाँकी आदिवासी जनजातिहरू अरू एक खाले भए । जसले जे भने पनि यो वास्तविकता स्वीकर्नै पर्ने हुन्छ । हुन त सूचीकृत ५९ भित्रको ग्रेट एट अर्थात् ठूलो समूह÷धेरै जनसंख्या भएको र बाँकी थोरै जनसंख्या भएका जातिहरूबीच पनि आफू संलग्न राजनीतिक दल, आ-आफ्नो व्यक्तिगत स्वार्थ र व्यक्तिगत टकरावको आधारमा केही मान्छेहरू एताउता गएको/भएको देखिन्छ । जस्तै डाक्टर ओम गुरुङ ग्रेट एट अर्थात् धेरै जनसंख्या भएको समूहका भए तापनि वर्तमान सरकारभन्दा फरक धारमा उभिएको देखिन्छ ।

निश्चय नै यो पंक्तिकार अरू जस्तो दर्जनौं विषयमा डिप्लोमा, डिग्री, एमफिल र त्यति नै विषमा डक्टरेट गरेको व्यक्ति नभएर स्कुलको ढोका समेत नदेखेको र क, ख, ग, घ समेत नपढेको व्यक्ति हो ! त्यसो भए तापनि यहाँ डाक्टर हर्क गुरुङले लेखेको ‘जनजाति सेरोफेरो’ नामक किताबको पाना नम्बर-२२ मा लेखेको जनजातीय बित्याँस उप शीर्षकको ‘जनजातीय विविधताको ... । छिमेकी भारतको हामीमाथि ठूलो प्रभाव छ, ... विविध पक्षमा । त्यस देशको गणतन्त्र दिवसमा प्रदर्शन गरिने विभिन्न झाँकीमध्ये सबभन्दा बढी उफ्रिने टोलीहरू हुन् पञ्जावको भाँगडा र नागाहरूको नाच ।

तिनीहरूमध्ये ‘हो’ भन्नेहरू राजधानीमा उफ्रँदै गर्छन्, ‘होइन’ भन्नेहरू स्वशासनका लागि पड्कदै गर्छन् । हाम्रो पनि राजनीतिक पर्वहरूमा जनजातीय धार्मिक÷सांस्कृतिक झाँकीहरू प्रयोग हँदै आएका छन् तर पड्कन भने बाँकी छ’ भनी लेखेको हरफको याद आयो । सायद हर्क गुरुङले आप्mनो सो लेखमा स्वतन्त्र पञ्जाबको (खालिस्तान-स्वर्ण मन्दिर घटना) आन्दोलन र नागाल्याण्डको स्वतन्त्रताको आन्दोलनलाई इंगित गर्न खोजेका थिए । त्यसैले त अहिलेको विश्व आदिवासी दिवस नेपालका धेरैजसो धेरै आदिवासी जनजातिका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात’ जस्तै भएको छ ।

नेपालमा पनि हरेक अगष्ट ९ का दिन आदिवासी दिवस मनाउँदै आइएको छ । तर, कस्तो छ भने, राजनीतिक चरित्र र एकआपसमा मेलमिलाप नहुनाको कारणले गर्दा नेपालमा अनेक खाले आदिवासी विद्यमान रहेका छन् ।

डा. हर्क गुरुङ हालसम्म पनि जीवितै रहनु भएको भए समग्र नेपालको आदिवासी जनजाति आन्दोलन, विभिन्न राजनीतिक दलमा रहेका तर आफ्नो जाति, भाषा, धर्म, संस्कार, संस्कृति र समग्र समुदायको हितको लागि केही न केही प्राप्त गर्नका लागि अधिकतम प्रयास गर्नेभन्दा पनि आफ्नो दल र तिनका नेताहरूको हनुमानगिरी गरेर केही हिस्सामा ‘भाग शान्ति जय नेपाल’ गर्ने आदिवासी जनजातिमूलका नेताहरूप्रति कस्तो टिप्पणी गर्नु हुन्थ्यो होला ? उनीहरूलाई के भन्न चाहनु हुन्थ्यो होला ? कल्पनामात्रै गर्न सकिन्छ ।

यसरी हामीले यो वर्ष फेरि पनि नाम मात्रैको र परम्परा धान्नका लागि मात्रै भए पनि २८औं विश्व आदिवासी दिवस औपचारिक रूपमा मनायौँ । मनाउनेहरूले आ-आफ्नो आस्था र विश्वासअनुसार विभिन्न गुट, उपगुटमा विभाजित भएर मनायौँ । कसैले सभाहलमा विचार गोष्ठी गरेर मनाए, कसैले विशिष्ठि अतिथि, अतिथिहरू बोलाए भाषण गर्न लगाएर मनायौँ, कसैले तारे होटेलमा मनाए, कसैले सरकारी बजेट पचाउनकै लागि भए पनि औपचारिक कार्यक्रम गरेर झकिझाउ मञ्च बनाएर मनाए । कसैले तुल, ब्यानर र झाँकी निकालेर मनाउ, कसैले जुलुस प्रदर्शन गरेर मनाए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?