पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास हुनुपर्छः मन्त्री श्रेष्ठ

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताउनुभएको छ ।

सोमवार पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले नेपाललाई वर्षभर नै पर्यटकहरु आउने पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने बताउनु भयो ।

उहाँले वर्षभर नै नेपाल पर्यटकहरुका लागि खुला छ भन्ने कुराको प्रचार गरी पर्यटकलाई आकर्षित गर्नुपर्ने बताउनु भयो । उहाँले विदेशमा रहेका हरेक नेपालीहरुले कम्तिमा एक जना विदेशीलाई नेपाल घुम्न जाऔँ भन्ने वातावरण सिर्जना गर्ने अभियान थालेको बताउनु भयो । उहाँले सरकार पर्यटन क्षेत्रलाई थप विकसित र आकर्षित गरेर प्रवद्र्धन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढीरहेको बताउनु भयो ।

उहाँले सरकार ट्रेकिङ क्षेत्रलाई व्यवस्थित, आकर्षित र प्रवद्र्धन गर्ने कुरामा प्रतिवद्ध रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले विकासको कारणले ट्रेकिङ रुटहरुमा पनि असर भइरहेको भन्दै यसलाई ध्यानमा राखेर सरकारले आगामी कदम चाल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल अब सिजनल मात्रै होइन, अल सिजन नै नेपालमा पर्यटकहरु आउनसक्छ । सबै राउण्ड द इयर नै हाम्रो सिजन हो भन्ने कुरालाई हामीले व्यापक रुपमा लैजानुपर्छ । हामीले पर्यटक दशकको रुपमा नेपाल भ्रमण दशक भनेर सन् २०२३ देखि २०३३ सम्मलाई निरन्तर रुपमा काम अघि बढाउने र पर्यटन क्षेत्रलाई आकर्षित गर्ने, र नेपालमा रहेका नेपालीहरुले पहिला नेपाल घुमौं र विदेश घुमौं भन्ने कुरालाई अघि सारेका छौँ । प्रत्येक विदेशमा बस्ने नेपालीले एकजना नेपालीलाई नेपाल जाऔँ भन्ने अभियान चलाऔं भन्ने अभियान थालेक छौँ । पर्यटन क्षेत्रलाई विकास र आकर्षित गरेर काम अघि बढाउनुपर्छ भन्ने मान्यतासहित सरकारले काम गरिहरेको छ । यो क्षेत्रलाई व्यवस्थित गर्ने, आकर्षित गर्ने र प्रवद्र्धन गर्ने कुरालाई ध्यानमा राखेर हामी अघि बढ्नसक्छौँ । क्लिन ग्रिनको पोलिसी पनि अघि सारेका छौँ । विकासको कारणले जुन ढंगबाट ट्रेकिङ रुटहरुमा पनि असर भइरहेको कुरा आइरहेका छन् । विकासका मोडेलमा पनि नयाँ ढंगबाट सोच्नुपर्छ । स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिनिधिबीचमा व्यापक छलफल गरेर नेपालका पर्यटकीय गन्तव्यहरुमा असर नपर्ने गरेर विकासका काम अघि बढाउने गरी विकास गर्न जरुरी छ ।’

स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिनिधिबीचमा व्यापक छलफल गरेर नेपालका पर्यटकीय गन्तव्यहरुमा असर नपर्ने गरेर विकासका काम अघि बढाउने गरी विकासका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?