विभिन्न स्थानमा अवैध लागूऔषधसहित पाँच जना पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सुर्खेत, सिरहा, दाङ र पर्साबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थानबाट ४७ ग्राम ६ सय २० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३७ वर्षीय किरण गिरी र उनकी श्रीमती २६ वर्षीया सरला शाही थापा रहेका छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

सिरहाको औरही गाउँपालिका-१ हनुमानचोकबाट ३० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेटसहित गोलबजार नगरपालिका-५ बस्ने २५ वर्षीय सुरेन्द्र कुमार महरालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ‘अनटेस्ट’ मोटरसाइकलमा सवार सुरेन्द्रलाई प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

ADVERTISEMENT

दाङको तुलसीपुर उपमहानगरपालिका-१६ दक्षिण कुरुरिया बस्ने ५० वर्षीया पार्वती खत्रीलाई ५ किलोग्राम गाँजासहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मलवार र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा बोराभित्र लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

पर्साको वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट १२० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१० बस्ने २५ वर्षीय आशिस शाही छन् । उनलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय विर्ता पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा आशिसको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?