स्वतन्त्रता दिवसकै दिन रुपन्देहीमा चल्यो गोली, युवा घाईते

Read Time = 1 min

भैरहवा । रुपन्देहीको ओमसतियामा अज्ञात समूहले युवालाई गोली हानी फरार भएको छ ।
आइतबार राति करिब ११ बजे ओमसतिया ४ बसन्तपुर वडा कार्यालय अगाडी सि.न.प. १ बेलाहिया बस्ने ३१ वर्षीय विकास गुरुङलाई उक्त समूहले गोली हानी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सहायक प्रवक्ता वेदबहादुर पौडेलले बताउनु भयो ।

नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीनजनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि एक राउण्ड गोली हानेको स्थानीयले बताएका छन् । गुरुङको पेटको छेउमा गोली लागेका र युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । घटना लुटपाट वा के हो भन्ने खुलेको छैन ।
गोली कसले चलायो बारे अनुसन्धान भइरहेकोे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?