अवैध यौनधन्दामा संलग्न रहेको आरोपमा सर्लाहीबाट १२ जना पक्राउ, होटल मालिक फरार

Read Time = 1 min

-प्रकाश मैनाली
सर्लाही । सर्लाहीमा अवैध योन धन्दा सञ्चालन भएको आशंकामा प्रहरीले १२ जान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिवनको एक होटलमा ७ जान र ईश्वरपुरको एक होटलमा ५ जान पक्राउ परेको सर्लाही प्रहरीले जनाएको छ । शनिबार राति हरिवनको होटलमा छापा मार्दा प्रहरीले अवैध यौनधन्दामा संलग्न रहेको आरोपमा ५ महिला र २ पुरुषलाई पक्राउ गरेको छ । आइतवार दिउँसो ईश्वरपुमा छापा मार्दा २ पुरुष र ३ महिला पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत विजय यादव जानकारी दिनु भयो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यौनधन्दा संचालन भएको स्थानबाट गुनासो आएपछि सर्लाही प्रहरी टोली गएर खानतलासी लिँदा १२ जना पक्राउ परेका सर्लाही प्रहरीले जनाएको छ । दुबै होटलका संचालक भने फरार छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?