युवा संघले उठायो नयाँ बानेश्वर, पुरानो बानेश्वर र बत्तिसपुतली क्षेत्रको फोहोर (तस्वीर)

Read Time = 4 mins

काठमाडौं । लामो समयदेखि उठ्न नसकेको उपत्यकाको फोहोर राष्ट्रिय युवा संघले उठाएको छ ।

सरकारको विरोध गर्दै आज एमाले निकट युवा संघले नयाँ बानेश्वर, पुरानो बानेश्वर र बत्तिसपुतली क्षेत्रको फोहोर उठाएको हो ।

दर्जनौंको संख्यामा भेला भएका युवा संघका कार्यकर्ताले सडकमा थुप्रिएको फोहोर डोकोमा उठाएर ट्रकमा लोड गरेका थिए । युवा संघको लोगो अंकित टिसर्ट लगाएर उनीहरुले मुखमा माक्स र हातमा गोल्ब्स् लगाएर फोहोर संकलन गरेका थिए ।

काठमाडौं उपत्यकाको फोहोर विगत केही दिनदेखि उठ्न सकेको छैन ।

हिजो मात्र पनि धादिङको धुनिबेँशी नगरपालिका १ का राजनीतिक दलहरूले बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक्ने भन्दै आन्दोलन गर्ने घोषणा गरेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिन आग्रह समेत गर्नुभएको छ ।

बालेनले आइतबार साँझ सामाजिक सञ्जालबाट संविधानले परिकल्पना गरेको एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापविपरीत आफूलाई असफल बनाउने प्रयास भइरहेको गुनासो गर्नुभएको थियो ।

तस्वीरमा हेर्नुहोस्

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?