-प्रकाश नेपाल
इलाम । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संघीय निर्वाचनमा आफुले उम्मेद्वारी दिने बताउनुभएको छ ।
गृहजिल्ला इलाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आउँदो संघीय निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिने बताउनु भएको हो । उहाँले अहिले तालमेलका लागि केन्द्रमा घनीभूत छलफल भइरहेको भन्दै तालमेलबारे दलहरूले आ–आफ्नै प्रस्तावसमेत राखिरहेको बताउनुभयो ।
तालमेलमा स्थानीय तह निर्वाचनको मतलाई आधार मान्नु व्यावहारिक नहुने उहाँको भनाइ छ । स्थानीय निर्वाचनलाई भन्दा ०७४ सालकै प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणामलाई आधार मान्नुु व्यावहारिक हुने खनालले बताउनुभयो ।
खनालले वामपन्थीको व्यापक मोर्चा बनोस् भन्ने पहिल्यैदेखि सबैले शुभेच्छा राखेको भन्दै देशको सबैभन्दा ठूलो वाम समूह लचिलो भए वाम एकता सम्भव हुने पनि बताउनु भयो । तर, सबैभन्दा ठूलो वाम समूूहको नेतृत्वले आवश्यकता बोध ग¥यो भने मात्रै वामएकता सम्भव रहेको उहाँको भनाई छ । खनाल इलाममा आयोजित कार्यकर्ता प्रशिक्षण तथा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको सम्मान कार्यक्रमका लागि इलाम आउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच