बाग्मती प्रदेश : तीन विधेयक प्रमाणीकरण

Read Time = 1 min

हेटौंडा । बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बाग्मती प्रदेशसभाबाट हालै पारित भई आएको तीनवटा विभिन्न विधेयक आज प्रमाणीकरण गर्नुभएको छ ।

उहाँले प्रमाणीकरण गर्नुभएको विधेयकहरुमध्ये केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७९ रहेका छन् ।

यसैगरी प्रदेश अुनसन्धान ब्यूरो, सेवा गठन स्थापना तथा कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७९ लाई पनि उहाँले प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?