आर्मीको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विभागीय टोली नेपाल आर्मीले प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केट बल प्रतियोगिताको पुरुषमा विजयी सुरुवात गरेको छ । नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा आर्मीले रोयललाई ९१-६३ ले पराजित गर्‍यो । आर्मीका आयुश सिंहले ३५ अंक जोड्नुभयो ।

नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमै शंकरदेव क्याम्पसले आयोजक नखिपोट ‘बी’ लाई ६२-५५ ले हरायो । विजयी टिमका लागि मनिषले ३१ स्कोर गर्नुभयो । प्रतियोगिताको पुरुषमा १२ टिम सहभागी छन् । सहभागीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइएको छ ।

महिलामा चार टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिम पुनः उपाधिका लागि भिड्नेछन् । गल्र्समा आयोजक नखिपोटले कीर्तिपुरलाई ४८-१८ ले पन्छायो । विजेताकी समीक्षा न्यौपानेले १० अंक जोड्नुभयो ।

पुरुषमा पहिलो हुनेले ५० हजार र दोस्रोले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । महिलामा शीर्ष दुई स्थान हात पार्नेले क्रमशः ३० हजार र १५ हजार नगद पुरस्कार पाउनेछन् । दुवै समूहका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई नगद पाँच हजारसहित गिफ्ट हृयाम्पर प्रदान गरिने छ । फाइनल भदौ ७ गते हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?