पाकिस्तानमा बाढीका कारण कम्तीमा १९६ जानको मृत्यु

Read Time = 2 mins

बालुचिस्तान । पाकिस्तानको बालुचिस्तानमा वर्षाजन्य घटनामा परी थप आठ जनाको मृत्यु भएको छ । योसँगै पछिल्लो प्राकृतिक प्रकोपमा परी पाकिस्तानमा मृत्यु भएकाहरूको संख्या १९६ पुगेको छ । मृत्यु भएका मध्ये ९६ जना पुरुष रहेका छन भने ४५ जना महिला छन् । त्यसैगरी, ५५ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ ।

वर्षाका कारण बालुचिस्तानका धेरै ठाउँमा आएको बाढी पहिरोकाले मानवीय र भौतिक क्षति गरेको छ । बाढी पहिरोका कारण पछिल्लो तीन दिनमा ८१ जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीले जनाएका छन् ।

प्राकृतिक प्रकोपमा परी एक लाख सात हजार ३७७ पशु चौपायाहरू पनि परेको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । बलुचिस्तानको बोलान, क्वेटा, झोव, डाक्की, खुज्डर, कोलु, केच, मस्तुङ, हर्नाइ, क्विला साइफुल्लाह र सिब्बीमा बाढी पहिरोले मानवीय क्षति गरेको हो । बाढी पहिरोले सडक यातायात सेवा, विद्युत्, सञ्चारलगायत सेवा पनि प्रभावित भएका छन् । ती सेवा सुचारु गर्नका लागि प्रयास भइरहेको अधिकारीको भनाइ छ ।

बाढी पहिरोले मानिसहरू बस्ने घरमा ठूलो क्षति पुर्‍याएकाले क्षतिग्रस्त घरका बासिन्दा विस्थापित भएका छन् । उनीहरूलाई अस्थायी शिविरमा राखिएको छ । स्थानीय एक अधिकारीका अनुसार क्विला साइफल्लाहमा मात्रै झण्डै १२० घर क्षतिग्रस्त भएको पाइएको छ । त्यसैगरी, अन्य ठाउँमा अरू दुई सय घर क्षतिग्रस्त भएको अधिकारीले जनाएका छन् । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?