आङसाङ सुकीलाई थप ६ वर्ष जेल सजाय

Read Time = 2 mins

यांगुन । म्यानमारकी सत्ताच्यूत नेतृ आङसान सुकीलाई थप ६ वर्ष जेल सजाय तोकिएको छ । गत असारमा राजधानी नेपिडस्थित एकान्त कारावासमा राखिनुभएकी उहाँलाई त्यहाँको सैनिक सरकारले थप ६ वर्ष जेल सजाय सुनाएको हो । उहाँलाई यसअघि ११ वर्ष जेल सजाय सुनाइएको थियो । अब उक्त सजाय बढेर १७ वर्ष पुगेको छ । तर, उहाँले आफूमाथिका आरोपहरू राजनीतिक आग्रहप्रेरित भएको बताइरहनुभएको छ ।

७७ वर्षीय सुकीलाई फेब्रुवरी २०२१ मा सेनाले कू गरेपछि गिरफ्तार गरिएको थियो । असार अघिसम्म उहाँलाई राजधानीमै अज्ञातस्थलमा नजरबन्दमा राखिएको थियो । तर, असारदेखि उहाँलाई सैनिक सरकारले बनाएको विशेष संरचनामा सारिएको छ । सत्ताच्यूत राष्ट्रपति विन मिन्ट पनि त्यही स्थानमा एकान्त कारावासमा हुनुहुन्छ । एकान्त कारावासमा उहाँलाई एक्लै राखिएको छ ।

उहाँलाई अदालती सुनुवाइमा पनि जेलभित्रैबाट सहभागी गराइँदैछ । मानवअधिकारवादी समूहहरूले उहाँको सुनुवाइ गोप्य राखिएकोमा विरोध गरिरहेका छन् । सुकीका वकिलहरूलाई पत्रकारहरूसँग पनि बोल्न निषेध गरिएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?