निबन्धसंग्रह ‘अभिवन्द्य’ को दोस्रो संस्करण बजारमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’को व्यक्ति निबन्धसंग्रह ‘अभिवन्द्य’ को दोस्रो संस्करण बजारमा आएको छ । स्वदेश प्रकाशन प्रालिद्वारा बजारमा ल्याइएको दोस्रो संस्करणका सम्बन्धमा निबन्धकार रोदनले कृतिको दोस्रो संस्करण आफ्ना लागि मात्र नभएर निबन्ध विधाकै सुखद् भएको बताउनुभयो ।

लेखकका लागि पाठकले गरेको विश्वासभन्दा ठूलो अर्को कुनै पुरस्कार हुन नसक्ने भन्दै उहाँले ‘अभिवन्द्य’ सफलताको श्रेय निबन्धभित्रका व्यक्तित्वलाई दिनुभयो । नेपाली साहित्य, कला, संगीतलगायत विविध क्षेत्रका ४१ जना विशिष्ट व्यक्तित्वमाथि लेखिएको निबन्धसंग्रहको पहिलो प्रकाशन २०७८ कात्तिकमा भएको थियो ।

‘अभिवन्द्य’ व्यक्ति निबन्धसंग्रहभित्र युगकवि सिद्धिचरण, राष्ट्रकवि माधव घिमिरे, शताब्दीपुरुष सत्यमोहन जोशी, डायमण्ड शमशेर, पूर्णप्रसाद ब्राहृमण, डा.स्वामी प्रपन्नाचार्य, बद्रीविक्रम थापा, कृष्णचन्द्रसिंह प्रधान, बालकृष्ण पोखरेल, उपेन्द्र श्रेष्ठ, गोविन्द भट्ट, प्रचण्ड मल्ल, कृष्णप्रसाद पराजुली, मनु ब्राजाकी, तेजेश्वरबाबु ग्वंगः, परशु प्रधान, डा. ध्रुवचन्द्र गौतम, तुलसी दिवस, मञ्जुल, नगेन्द्रराज शर्मा, रोचक घिमिरेलगायतमाथि लेखिएका निबन्धहरू रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?