आज चितवनमा ‘कृष्ण-लीला’को कन्सर्ट

Read Time = 3 mins

काठमाडौं । कृष्णजन्माष्टमीको अवसर पारेर आगामी भदौ ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कृष्ण–लीला’ को टिमले आज चितवनमा कन्सर्ट गर्दैछ । प्रदर्शन मिति नजिकिँदै जाँदा प्रचारलाई तीव्र बनाइरहेको निर्माण टिमले आज (मंगलबार) साँझ ५ बजे सिजी ल्याण्डमार्कमा फ्री कन्सर्ट गर्न लागेको जानकारी निर्देशक दीपक ओलीले दिनुभएको छ । कन्सर्टमा चलचित्रका सबै कलाकारको उपस्थिति रहने बताइएको छ ।

ओएसिस एजुकेशन (अष्ट्रेलीयन भिसा स्पेशलिष्ट) को प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोशन टुरको कन्सर्टमा ‘कृष्ण–लीला’ का ‘कृष्ण’ अर्थात् अभिनेता पुष्प खड्का, ‘लीला’ अर्थात् अभिनेत्री श्रद्धा क्षेत्री,‘पासाङ’ अर्थात् बुद्धि तामाङ, ‘राम भरोस’ अर्थात् रविन्द्र झाका साथमा यसै फिल्मको सुपरहिट गीत ‘ए मेरो हजुर..’ का गायक रवि ओड र गायिका सुनिता कार्की, कोरियोग्राफर माइकल चन्द, निर्देशक दीपक ओली, लेखक लक्ष्मण सुवेदी, प्रस्तुतकर्ता रोहित कट्टेल, कार्यकारी निर्माता रत्न श्रेष्ठलगायतको टोलीले चितवनवासीलाई झुमाउने छ ।

चितवनका दर्शकहरूको मागलाई ध्यानमा राखी पहिलो कन्सर्ट त्यहाँ गर्न लागिएको र समय मिलेसम्म देशका अन्य शहरमा समेत कन्सर्ट गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । द पोजेटिभ इभेन्ट्सले व्यवस्थापन गरेको कन्सर्टको स्पोन्सरमा रेइवा इन्टरनेशनल एकेडेमी पर्सा, अकीवा वाइन, सिजी ल्याण्डमार्क, फोकस इन्टरटेन्मेन्ट तथा हस्पिटालिटी पार्टनरमा जंगल जक्सन, लेक २० थाउजेण्ड फार्म एण्ड रिट्रिटलगायत छन् । कन्सर्टमा हजारौं दर्शक सहभागी हुने प्रक्षेपण गरिएको छ ।

आरआर फिल्मस् प्रोडक्शनको व्यानरमा निर्मित चलचित्रमा पुष्प, श्रद्धा, बुद्धि, रविन्द्रका साथमा हिउँवाला गौतम, नवीन रेग्मीलगायत थुप्रै कलाकारले अभिनय गर्नुभएको छ । शिव ढकालले खिचेको चलचित्रका ‘त्यो कथामा’ र ‘ए मेरो हजुर’ गीत सार्वजनिक भइसकेका छन् । रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ तथा सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?