स्वास्थ्य क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादनमा जोड

फाइल तस्बिर

Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कलेजलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । सोमबार नेपाल उद्योग वाणिज्य महसंघद्वारा काठमाडौंमा आयोजित स्वास्थ्य बिमासम्बन्धी अन्तरक्रियामा उहाँले स्वास्थ्यसँग सम्बन्धित प्राविधिक ज्ञान लिने जनशक्ति उत्पादन गर्ने मेडिकल क्षेत्र निरुसाहित भएको भन्दै सरकारले त्यस्ता कलेजलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।

वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले सबै स्थानीय तहमा प्राथमिक तहको स्वास्थ्य पूर्वाधार पुर्‍याउन जरुरी रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्यमा टेक्निकल जनशक्ति एमबिबिएस डाक्टर नभए पनि मानिसको मुटुको धड्कन छुट्याउन सक्ने स्वास्थ्य जनशक्ति आवश्यक छ ।

स्वास्थ्यसँग सम्बन्धित प्राविधिक ज्ञान लिने जनशक्तिको देशभित्र धेरै खाँचो छ । अवसर पाए वैदेशिक रोजगारीमा जाने सम्भावना पनि छ । त्यस्तो खालको जनशक्ति तयार गर्ने प्रणाली निरुत्साहित भएको छ । यसलाई राज्यले प्राथमिकता दिनुपर्‍यो ।

स्वास्थ्य बिमामा केही कमजोरी सुधार गर्नुपर्ने विषय छन् । स्वास्थ्य बिमा कार्यक्रमलाई डिजिटलरूपमा अघि बढाएमात्रै स्वास्थ्य बिमामा राज्यले लिएको उद्देश्य पूरा हुन सक्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?