भारतको ७६ औँ स्वतन्त्रता दिवसमा सम्मान

Read Time = 1 min

काठमाडौैं । नेपालस्थित भारतीय दूतावासले भारतको ७६औँ स्वतन्त्रता दिवस मनाएको छ । सोमबार एक समारोहबीच भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सिलर प्रशन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिनुभएको सन्देश पढेर सुनाउनुभएको थियो ।

सो अवसरमा भारतीय सेनामा रहेका मृतकका परिवारलाई सम्मान गरिएको थियो भने भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरूको सम्मानमा गीत, संगीत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा दूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम् नातेदारलाई नेपाली रुपैयाँ २.६५ करोड प्रदान गर्दै सम्मान गर्नुका साथै आजादीका अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजेतालाई पुरस्कृत गरेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?