काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा हरिराम बोगटी निर्वाचित हुनुभएको छ । संघको साधारणसभाले बोगटीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा दिलकुमार विशुंखे, उपाध्यक्षमा लक्ष्मण मंग्राती, महासचिवमा विधान बोगटी, सचिवमा कुमार मंग्राती र कोषाध्यक्षमा सानबाबु बोगटी रहनुभएको छ । सदस्यमा प्रमेश विशुंखे, राजन रम्तेल, योगेशकुमार नेपाली, राजन नेपाली (मिजार) र रोशन रोक्का रहनुभएको संघले जनाएको छ ।
संघका निवर्तमान अध्यक्ष वासु रोक्का (नेपाली) को अध्यक्षतामा भएको साधारणसभामा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत मेघनाथ रिजाल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ र नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यलगायतको उपस्थिति रहेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको