काठमाडौं । सौर्य सिमेन्टले ‘एक पिल्लर मलाई योजना’ विस्तार गरेको छ । सौर्य सिमेन्टले मेची, कोसी, जनकपुर, सर्लाही र महोत्तरी जिल्लामा पनि एक पिल्लर मलाई नामक अभियान सञ्चालन गर्ने भएको हो ।
पोखरा, चितवन, सिरहा, उदयपुर र सप्तरीको अपार सफलतापछि ग्राहकको सन्तुष्टि, बृहत् सहभागिता र ग्राहकको बढ्दो मागलाई ध्यानमा राखी अभियान विस्तार गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले अभियानमा सहभागिताका लागि आहृवानसमेत गरेको छ । जसका लागि क्युआर कोड स्क्यान गरी कम्पनीको वेबसाइटमा फारम भर्न सकिनेछ भने कम्पनीको टोल फ्री नम्बरबाट पनि सम्पर्क गर्न सकिनेछ ।
सौर्य सिमेन्ट इन्डस्ट्रिज सिरहाको मिर्चैयामा रहेको छ । हाल कम्पनीले ४३ ग्रेड ओपिसी, ५३ ग्रेड ओपिसी र पिएससी सिमेन्ट उत्पादन गर्दै आएको छ । दैनिक उत्पादन क्षमता ७० हजार बोरासहित तीन हजार पाँच सय मेट्रिकटन रहेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच